नवलपरासी, सुनवल -१२ भुमहीमा अवस्थित लुम्बिनी एग्रो इन्भायरोमेन्ट ल्याब प्रा लिले माटो परिक्षण गरी उपयुक्त मल-खाद सिफारिश गर्ने सफ्टवेयर विकास गरे संगै लुम्बिनी प्रदेशका लाखौँ किसान लाभान्वित हुने देखिएको छ l सन् २०२१ बाट संचालनमा सफ्टवेयर परिक्षणकाल सकेर पूर्णता पाएको हो l माटोको परिक्षण बाट प्राप्त नतिजा लाई लगाउन खोजिएको बालीको आवश्यकता अनुरुप भूगोल सुहाउँदो मल-खाद सिफारिश गर्न थालिएको हो l यसरी गरिएको सिफारिश अनुरुप मल-खाद प्रयोग गर्दा १ बिघा जमिनमा ६०००० रुपैया सम्म अधिक आमदानी हुने देखिन्छ l पहिलो चरणमा प्रयोगशालाले मात्र प्रयोग गर्ने र निकट भविष्यमा माटो परिक्षणको नतिजा अनुरुप कृषकले समेत उपयुक्त मल-खादको सिफारिश लिन सक्ने छन् l




