देवदह नगरपालिकाले वातावरणीय अनुगमन गर्दै

Environmental testing of Devdaha Municipalty

देवदह नगरपालिका क्षेत्र वर पर संचालनमा आएका उद्योग कल कारखाना तथा विकाश निर्माणको कार्यले  वायु प्रदुषण बढाएको महसुस भएपछी नगरपालिकाले अनुगमन सुरु गरेको छ । यसरी वातावरणीय अनुगमन गर्ने देवदह नगरपालिका तिलोत्तमा पछी रुपन्दही जिल्लाको दोश्रो नगरपालिका बनेको छ ।

नेपाल सरकारले विकाश निर्माण सम्बन्धि आयोजना तथा उद्योग कल कारखानाले फैलाउन मिल्ने अधिकतम प्रदुषणको तह राष्ट्रिय  वायू गुणस्तर मापदण्ड,  २०६९ सालमै निर्धारण गरेतापनि पर्याप्त अनुगमन नहुँदा प्रदुषणको नियन्त्रण हुन नसकेको अवस्था रहेको छ । स्थानीय सरकारले वातावरण सम्बन्धि कानुन तर्जुमा गरेतापनि वातावरण अनुगमनमा निकै कमजोर देखिएको परिपेक्षमा देवदह नगरपालिकाले अनुगमन सुरुवात गरेको हो ।यसरी अनुगमन बाट प्राप्त नतिजालाई विश्लेषण गरेर नगरले आगामी योजनाहरु तर्जुमा गर्न मार्ग निर्देशन मिल्ने प्रमुख प्रशासकी अधिकृत कृष्ण प्रसाद सापकोटाको भनाइ रहेको छ ।वातावरण प्रदुषणले जनस्वास्थ्यमा पार्ने प्रतिकुल असरलाई न्यूनीकरण गर्न वातावरणीय दृष्टिकोणले सम्बेदनशील योजना तथा उद्योगले उपयुक्त प्रदुषण नियन्त्रण प्रविधि जडान गर्ने भनि कबोल गरेता पनि व्यवहारमा लागु नभएको अवस्था छ । उद्योग आफैले वर्षौं सम्म चेक जांच नगराई प्रदुषित वायु तथा पानी उत्सर्जन गरिरहेको अवस्थामा अनुगमनकर्ता मौन बस्दा प्रदुषकलाई थप हौसला मिलेकोले आगामी दिनहरूमा नगरपालिकाले परिक्षण कार्य तिब्र बनाउने वातावरण शाखा प्रमुख रबि पाण्डेको भनाई रहेको छ ।  

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top