विकास निर्माण तथा औद्योगिक विस्तारको प्रभावलाई सन्तुलित बनाउन वातावरणीय सचेतना अपरिहार्य छ। नवलपरासी ,सुनवल-१२ , भुमहीमा स्थापना भएको लुम्बिनी एग्रो इन्भायरोमेन्ट ल्याब प्रा. लि. विगत केहि वर्षदेखि वातावरणीय प्रभावका विषयमा स्थानीय जनता, सरोकारवाला निकाय, पत्रकार, तथा स्थानीय सरकारलाई प्रत्यक्ष रूपमा सचेत पार्दै आएको छ। यस संस्थाले औद्योगिक क्रियाकलाप, नदिजन्य पदार्थ उत्खनन्, तथा अन्य विकास निर्माण परियोजनाहरूबाट हुने वातावरणीय प्रभाव बारे विविध कार्यक्रमहरू संचालन गर्दै आएको छ। सन् २०२० मा प्रारम्भ गरिएको सचेतना अभियानमा पहिलो चरणमा स्थानीय बासिन्दाहरू, कृषक समूह, उपभोक्ता समिति, युवा क्लबहरू, तथा स्थानीय सरकारका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। यो अभियान क्रमशः २०२१ मा ३०० जना, २०२२ मा ५०० जना, २०२३ मा ८०० जना, र २०२४ मा १००० भन्दा बढी सरोकारवाला सम्म फैलिएको छ। वातावरणीय प्रभावहरूका विषयमा मात्र नभई नेपाल सरकारका कानुनी व्यवस्थाहरू, जस्तै मौलिक हक अन्तर्गत स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार, वातावरण संरक्षण ऐन तथा नियमावली , श्रम ऐन, आदी सम्बन्धी जानकारी स्थानीय तहहरूमा पुर्याइएको छ।
औद्योगिक विस्तारले कृषिमा पार्ने प्रभावबारे पनि लुम्बिनी एग्रो इन्भायरोमेन्ट ल्याबले महत्त्वपूर्ण अध्ययनहरू गर्दै आएको छ। विशेष गरी नवलपरासी लगायतका औद्योगिक क्षेत्रहरूमा रहेका चिनी मिल, पेपर उद्योग, वेभेरेज उद्योग, मल उद्योग, सिमेन्ट उद्योग, इस्पात उद्योग लगायतका कारखानाहरूले निकालेका प्रदूषक तत्वहरूले कृषि उत्पादन, माटोको उर्वराशक्ति, तथा पानीको गुणस्तरमा पार्ने असरको पहिचान गर्न वैज्ञानिक विश्लेषण गरिएको छ। यी उद्योगहरूबाट निस्कने रसायन, भारी धातुहरू, तथा फोहोर पानीले स्थानीय कृषि प्रणाली, सिँचाइका स्रोतहरू, तथा जैविक विविधतामा प्रत्यक्ष असर पार्ने देखिएको छ। संस्थाले स्थानीय किसानहरूलाई उचित प्रविधि सुझावहरू पनि प्रदान गर्दै आएको छ, जसले उद्योगहरूले अपनाउनुपर्ने प्रदूषण न्यूनीकरण प्रविधिहरूको बारेमा सरोकारवाला निकायलाई अवगत गराउँदै आएको छ। यसै क्रममा नवलपरासी जिल्लाका उपभोक्ता समिति, स्थानीय सरकारका निकाय, तथा सरोकारवाला संस्थाहरू पनि तुलनात्मक रूपमा सचेत देखिएका छन्, जसले गर्दा यहाँ वातावरणीय मापदण्डहरूको पालना तथा निगरानीमा सुधार आएको छ।
औद्योगिक कलकारखानाहरूले पनि लुम्बिनी एग्रो इन्भायरोमेन्ट ल्याबबाट वातावरणीय सेवा लिइरहेका छन्। उद्योगहरूले आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्यांकन (EIA), प्रारम्भिक वातावरणीय परीक्षा (IEE), प्रदूषण न्यूनीकरण रणनीति, तथा उत्सर्जन निगरानी प्रतिवेदन तयार गर्न लुम्बिनी एग्रो इन्भायरोमेन्ट ल्याबसँग सहकार्य गर्दै आएका छन्। यस्ता सेवाहरूले उद्योगहरूलाई सरकारी मापदण्डहरू अनुरूप संचालन गर्न, प्रदूषण न्यूनीकरण उपायहरू अपनाउन, तथा वातावरणमैत्री प्रविधिहरू समावेश गर्न सहयोग पुर्याएको छ। साथै, नगरपालिका तथा गाउँपालिकाहरूको योजना निर्माणमा पनि यस संस्थाको प्रदूषण अनुगमन प्रतिवेदनले महत्वपूर्ण भूमिका खेलेको छ। स्थानिय सरकारहरूले विकास निर्माण योजनाहरूको पर्यावरणीय असर मूल्यांकन गर्न तथा वातावरणीय अनुगमन प्रतिवेदनको आधारमा नीति तथा कार्यक्रम बनाउने काममा यो संस्थाले प्रत्यक्ष रूपमा सहयोग पुर्याउँदै आएको छ।
सामाजिक सञ्जालहरूका माध्यमबाट समेत जनचेतना अभिवृद्धि गर्ने कार्यलाई लुम्बिनी एग्रो इन्भायरोमेन्ट ल्याबले प्राथमिकता दिएको छ। वातावरणीय शिक्षा, प्रदूषण न्यूनीकरण विधिहरू, तथा वातावरणीय कानुनबारे फेसबुक, ट्विटर, युट्युब, तथा अन्य डिजिटल प्लेटफर्महरूमा सचेतनामूलक सामग्रीहरू उत्पादन र प्रसारण गर्दै आएको छ। यो प्रविधि-मैत्री सचेतना अभियानका कारण, विशेष गरी युवाहरू, स्थानीय समुदाय, किसान समूहहरू, पत्रकार, स्थानीय सरकारका प्रतिनिधिहरू, तथा उपभोक्ता समिति माझ वातावरणीय मुद्दाहरूप्रति चासो बढेको देखिन्छ। वातावरणीय असरहरूलाई न्यूनीकरण गर्न वैकल्पिक प्रविधिहरू जस्तै पुनः प्रयोगयोग्य ऊर्जा स्रोतहरूको प्रयोग, औद्योगिक फोहोर व्यवस्थापनका दिगो उपायहरू, र जैविक प्रविधिहरूलाई प्रवर्द्धन गर्ने प्रयास पनि संस्थाले गरिरहेको छ।
लुम्बिनी एग्रो इन्भायरोमेन्ट ल्याबले विकास योजनासँग हातेमालो गर्दै उद्योग तथा कलकारखानाहरूलाई वातावरणमैत्री बनाउने लक्ष्यसहित विविध प्रविधिहरूको प्रवर्द्धन गरिरहेको छ। यसै क्रममा, फोहोर पानी उपचार प्रणाली (Effluent Treatment Plant – ETP) को अनिवार्यता, औद्योगिक प्रदूषण न्यूनीकरणका उपायहरू, तथा वातावरणमैत्री ब्रोलर प्रविधिको बजारीकरणमा समेत संस्थाले महत्त्वपूर्ण योगदान दिँदै आएको छ। उद्योगहरूले फोहोर पानीलाई सफा गरी पुन: प्रयोगयोग्य बनाउने प्रणाली (ETP) अवलम्बन गर्दा औद्योगिक क्षेत्रहरूको जलस्रोत प्रदूषण न्यूनीकरण गर्न सकिन्छ। साथै, ब्रोइलर उद्योगमा वातावरणमैत्री प्रविधिहरूको विकास तथा प्रयोगले ऊर्जा खपत घटाउने, उत्पादन लागत न्यून गर्ने, र वातावरण संरक्षणमा योगदान पुर्याउने देखिएको छ। यी पहलहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्न सम्पूर्ण स्थानीय तहहरू, उद्योग प्रतिष्ठानहरू, तथा सरोकारवाला निकायहरूले दिगो वातावरणीय अभ्यासलाई प्राथमिकता दिन आवश्यक छ। यसैले, लुम्बिनी एग्रो इन्भायरोमेन्ट ल्याब सम्पूर्ण स्थानीय तहहरूलाई औद्योगिक तथा विकास निर्माण परियोजनाहरूलाई वातावरणमैत्री दिशामा अगाडि बढाउन आवश्यक नीति तथा प्रविधिहरू अवलम्बन गर्न अनुरोध गर्दछ। दिगो विकास सुनिश्चित गर्न वातावरण संरक्षणलाई केन्द्रमा राखी नीति निर्माण तथा कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो।



